नियम ४३
निवेदन दिनु पर्ने
(१) करदाताले करकट्टीको लागि दर्ता भएको पन्ध्र दिनभित्र अनुसूची– १६ बमोजिमको ढाँचामा कर अधिकृत समक्ष निवेदन दिन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहाय बमोजिमका कागजात संलग्न गर्नु पर्नेछः–
(क) दर्ता हुँदाका बखत मौज्दात रहेको भए सामानको विवरण,
(ख) दर्ता हुनुभन्दा एकवर्ष अघिसम्मका कर बीजक र प्रज्ञापनपत्र भए तत् सम्बन्धी विवरण,
(ग) अन्य आवश्यक प्रमाण ।
(३) उपनियम (१) बमोजिमको दाबी कर अधिकृतद्वारा स्वीकृत भएमा सम्बन्धित करदाताले नियम ३९ को उपनियम (४) बमोजिम कट्टी गर्न पाउनेछ । ।
(४) उपनियम (१) बमोजिम दाबी गरिएको कर पहिला नै कट्टा गरिएको पाइएमा ऐन र यस नियमावली बमोजिम कर अधिकृतले त्यस्तो करदातालाई कारबाही गर्न सक्नेछ ।